नेकपा एमालेले प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा सत्ता गठबन्धनका कुनैपनि दलहरूसँग गठबन्धन नगर्ने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नयाँ बानेश्वरस्थित संसद भवन बाहिर मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । स्थानीय तह निर्वाचनमा आवश्यकताको आधारमा तालमेल गरेपनि प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा एमालेले गठबन्धनको जस्तो केन्द्रीय तहको गठबन्धन नगर्ने उनले स्पष्ट पारे ।
राष्ट्रवादी विचार मिल्ने र प्रगतिशिल विचार पार्टीहरूसँग एमालेले स्थानीय आवश्यकता अनुसार गठबन्धन नभएर राजनीतिक सहकार्य हुनसक्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए । एमालेले वि.सं. २०४८ सालदेखि स्थानीय आवश्यकताको आधारमा तालमेल गर्दै आएको उनले बताए ।
नेपाली कांग्रेससँग २०४८ सालमा तालमेल गर्न खुला गरेको तर काँग्रेसले जहाँ निर्वाचन लडेपनि जित्ने जवाफ पाएको स्मरण गरे । उनले
