नागरिकता विधेयकबारे अध्ययन गरेपछि यसबारे धारणा बनाउने राष्ट्रपति विद्यादेवी भण्डारीले स्पष्ट पारेकी छिन्।
मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा पत्रकारहरुसंग कुरा गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे यस्तो धारणा बनाउने बताइकी हुन्। नागरिकतासम्बन्धी विधेयकका कतिपय प्रावधानहरु ठीक नभएको भन्दै केही पत्रकारले ‘राष्ट्रपतिको ध्यानाकर्षण’ गराएका थिए।
राष्ट्रपति भण्डारीले पत्रकाहरुलाई जवाफ दिदै भनिन्, ‘नागरिकताबारे अध्ययन गर्नुपर्छ। पहिला यहाँ आओस्, त्यसपछि हेर्छु।’ नागरिकतासम्बन्धी विवाद आजको नभएर धेरै पुरानो भएको उनले स्मरण गराइन्। राष्ट्रपति भण्डारीले भनिन्, ‘यो आजको रोग होइन, अंगीकृतका विषयमा संविधानले पनि बोलेको छ। केही हामीले अपनाउनुपर्ने विषय छ। मेरो सीमाभित्र रहेर मैले काम गर्नुपर्छ।
कतिपय कुराहरु हामीले भन्न मिल्दैन। म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन भनेर हामीले सपथ खाएका हुन्छौं।’
‘२० वर्षसम्म संसदको अधिकार छिन्न मिल्दैन तर २० वर्षपछि बाटो बनाउन अहिल्यै रुख काट्न मिल्ने राष्ट्रपति भण्डारीले बताइन् । सत्ता वा प्रतिपक्षको गठबन्धन आफ्नो मामिला वा सरोकारको विषय नरहेको बताउदै उनले गठबन्धन जसजसले गरे पनि सबैले देशको हितमा सोच्नुपर्ने बताइन्।
