प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ युवा नेता घिमिरेको नाम सिफारिस

२१ भाद्र २०७९, मंगलवार १०:४७

पाल्पा क्षेत्र नं.२ बाट नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फमा‌ युवा नेता अनिलकिशोर घिमिरेको नाम सिफारिस गरेको छ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फमा‌ पाल्पा क्षेत्र नं.२ बाट मा‌ओवादी जिल्ला समन्वय समितिको बैठकले सोमबार घिमिरेको नाम सिफारिस गरेको हो।यस्तै लीला सोमैको नाम पाल्पा क्षेत्र नं.१ बाट उम्मेदवारका रुपमा मा‌ओवादी जिल्ला समन्वय समितिको बैठकले सिफारिस गरेको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फमा निर्वाचन क्षेत्र १ बाट लीला सोमै, निर्वाचन क्षेत्र २ नं. बाट अनिलकिशोर घिमिरे र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकर्फमा दलबहादुर राना, पार्वती विक, केशव पौडेल, हिरा थापा, बलु गैरे, अर्जुनकुमार श्रेष्ठ र तुलसा रानाको नाम सिफारिस भएकोछ ।

यस्तै प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फमा प्रदेश १ (क) बाट कमल भट्टराई र (ख) बाट दिनेश अर्याल र हुमबहादुर सुनारी को नाम सिफारिस भएको छ ।

यस्तै प्रदेश २ (क) बाट नेत्र प्रसाद पाण्डे  र  (ख) बाट वसन्त घर्ती, राजेन्द्र विक, चक्रब्यूह थापा, पुरन केसी र मेघराज आचार्यको नाम मा‌ओवादी जिल्ला समन्वय समितिको बैठकले सिफारिस गरेको छ।

प्रदेश सभा निर्वाचनका लागि समानुपातिकमा गीता विक, खुमबहादुर विक, जानुका घर्ती, केयरसिङ राना, सान्ता शारु, पदम सोमै, राजेश श्रेष्ठ, हेमराज अर्याल, पिताम्बर भट्टराई, हाजिरा खातुन, नवीन ओली, लक्ष्मी ढकाल, धनेन्द्रराज घिमिरे, लोकनाथ गौतम, नुना दिस्वा र जगत सुनारीको नाम सिफारिस भएको छा ।