देउवाको क्षेत्रबाट एमालेले गर्‍यो बोहोराको नाम सिफारिस

२० भाद्र २०७९, सोमबार १६:३८

डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि पठान सिंह बोहोराको नाम नेकपा एमालेले सिफारिस गरेको छ ।

यस्तै डडेलधुराबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्य निर्वाचनमा लड्ने तयारीमा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बोहोराले एमालेबाट टिकट पाएको खण्डमा देउवा र बोहोरा बीच निकै प्रतिस्पर्धा हुने देखिएकोे छ ।

बोहोरा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री तथा एमालेका डडेलधुरा इन्चार्ज र प्रदेशसभा सदस्य पनि हुन् ।