असोजदेखि शुक्रबार सेयर बजार कारोबार बन्द

१९ भाद्र २०७९, आईतवार १५:००

असोज महिनाको पहिलो हप्तादेखि शुक्रबार सेयर बजारको कारोबार बन्द हुने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  सञ्चालक समितिको आइतबार बसेको बैठकले असोज महिनाको पहिलो हप्तादेखि शुक्रबार सेयर बजारको कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

गत जेठ ६ गतेदेखि नेप्सेले शुक्रबार पनि विना आधार सेयर बजारको कारोबार गर्दै आएको थियो । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा निर्यण गरेपछि नेप्सेले आपूर्ति पुरा गर्न शुक्रबार पनि विना आधार सेयर बजारको कारोबार गर्दै आएको थियो ।

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने गरेको निर्यण कार्यन्वयन नभएपछि सरकारले आइतबारको बिदा खारेज गरेको थियो । सरकारले आइतबारको बिदा खारेज गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालक समितिको आइतबार बसेको बैठकले असोज महिनादेखि शुक्रबार सेयर बजारको कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आगामी असोज १ गतेदेखि नै कार्यान्वयनमा आउनेगरी शुक्रबारको कारोबार बन्द गर्ने निर्यण गरेसँगै सेयर बजारको कारोबार पुनः हप्तामा ५ दिन मात्रै हुनेछ ।