एमाले उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृ शोक

१९ भाद्र २०७९, आईतवार १२:२२

नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृ शोक परेको छ ।

एमाले नेता थापको ममतामयी आमा नन्दकुमारी थापामगरको आज बिहान ७ बजे भरतपुर २, क्षेत्रपुर स्थित आफ्नै निवासमा ९४ वर्षको उमेरमा निधन भएको हो।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत थापाकी आमाको निधन प्रति समवेदना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “पुर्व गृहमन्त्री राम बहादुर थापा बादलकी ममतामयी आमाको आज बिहान चितवन क्षेत्रपुर उहॅाकै निवासमा निधन भएको खबरले दुखित बनाएको छ। आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । थापासहित सम्पुर्ण शोकाकुल परिवारमा गहिरो समवेदना ब्यक्त गर्दछु।”

यस्तै नेकपा एमाले नेता तथा भक्पुरका सांसद महेश बस्नेतले पनि सामाजिक सञ्जालमार्फ थापाकी आमाको निधन प्रति समवेदना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् “नेकपा (एमाले) उपाध्यक्ष कमरेड रामबहादुर थापाको ममतामयी आमा नन्दकुमारी थापामगरको आज बिहान ७ बजे भरतपुर २, क्षेत्रपुर स्थित निवासमा ९४ वर्षको उमेरमा भएको निधनको खवरले स्तब्ध बनायो । दिवंगत आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै कमरेड रामबहादुर लगायत शोक सन्तप्त सम्पूर्ण परिवार र आफ्न्तजनहरुमा गहिरो समबेदना व्यक्त गर्दछु ।”

नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापाको बादल पूर्व माओवादी नेता पनि हुन् ।