१५०० भन्दा बढी नेता कार्यक्रताहरुलाई ओलीले एमालेमा प्रवेश गराए

१९ भाद्र २०७९, आईतवार ११:४८

नेकपा एमालेमा विभिन्न पार्टी परित्याग गरी १५०० भन्दा बढी नेता कार्यक्रताहरुलाई प्रवेश गरेका छन् ।

विभिन्न पार्टी परित्याग गरी आएका १५०० भन्दा बढी नेता कार्यक्रताहरुलाई शनिबार सुनसरीको दुहवीमा बृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

नेपाली कॉंग्रेस जिल्ला कमिटी सदस्य टेकचन बिश्वास, राम सेवक यादव, नेका सोनापुर गॉंउ कमिटी सभापति अशोक केसी, नेका दुहबी नगर समिति सचिव मिलि राम चौधरी,नेका नगर कमिटी सदस्य सति लाल उरॉंव र नेका उधोग बॉंणिज्य संघ केन्द्रीय सदस्य विशव गुरुङ लगायत क्षेत्र नं. ३ सुनसरीका दुहबी, गढी, बर्जु ,भुटाहा हरिनगर का गरी १५०० बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन्।