देश बिगार्न लागेका गठबन्धनका उम्मेदवारहरुलाई भोट नहाल्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । अध्यक्ष
खासगरी पहिलो पटक भोट हाल्न लागेका मतदाताहरुले भोट हाल्ने बेला सोच्नुपर्ने ओलीले विराटनगरमा शुक्रबार अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै बताए । गठबन्धनका उम्मेदवारले देश नबनाउने र सत्ता गठबन्धन अपवित्र रहेको भन्दै पहिलो पटक भोट हाल्न लागेका मतदाताहरुले भोट हाल्ने बेला सोच्नुपर्ने बताए ।
ओलीले भने, ‘तपाईहरु पहिलो पल्ट मतदान गर्दै हुनुहुन्छ भने जिन्दगीको पहिलो भोट गलत ठाउँमा नहाल्नुस्, तपाईको पहिलो भोट देश बिगार्नेका जिम्मामा पर्नुहुँदैन । तपाईको पहिलो भोट अपवित्र गठबन्धनलाई पर्नु हुँदैन, विचार, कर्तव्य र दिशाहिन खान पल्केकालाई होइन, पहिलो भोट राष्ट्रियता र देशभक्तको पक्षमा पर्नुपर्छ ।’
