तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुन्न: देउवा

१७ भाद्र २०७९, शुक्रबार १३:३९

राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने नेपाली कौग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

शंकरदेव क्याम्पसले आयोजना गरेको ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शैक्षिक विकासको लागि सरकार सदैव प्रतिवद्ध रहेको पनि बताए । शंकरदेव क्याम्पसलाई नजिकैको खालि रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउदै उनले गुणस्तरीय शिक्षा समाजको विकासमा महत्वपूर्ण पक्ष भएको उल्लेख गरे ।

उनले क्याम्पसलाई अध्ययनको लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रीपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताए। तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान नहुने विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको देउवाले उल्लेख गरे ।

यस्तै नेपाली कांग्रेस क्षेत्रीय समितिले काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।
कांग्रेस क्षेत्रीय समितिले दुई केन्द्रीय सदस्य सहित ६ जनाको नाम सिफारिस गरेको हो ।

क्षेत्रीय सभापति जयकृष्ण महर्जन, महाधिवेशन प्रतिनिधिहरु धर्मराज गौतम, तिर्थराम डंगोल र गौरीप्रसाद दवाडी र केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जित र नानु बास्तोलाको नाम कांग्रेस क्षेत्रीय समितिले काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरिएको छ ।