काँग्रेसका नेताहरुले किन ओलीलाई सुतुक्क भेट्दै छन् ?

१७ भाद्र २०७९, शुक्रबार ११:५३

नेपाली काँग्रेसका नेता शेखर कोइराला र नेकपा (एमाल) अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गठबन्धनमा सिटबाँडफाँडमा रस्साकस्सी भइरहेको बेला कांग्रेसका नेता कोइराला बालकोट पुगेका हुन्। बालकोट श्रोतले बताए अनुसार उनीहरूबीच करिव डेढ घण्टा कुराकानी भएको हो ।

समसामयिक विषयमै दुई नेताबीच छलफल भएको बालकोट स्रोतले बताएको छ । कांग्रेस नेताहरूलाई ओलीले गठबन्धनका नाममा प्रचण्ड–माधवको घाँडो नभिर्न सुझाव दिँदै आएका छन्। यस्तै केही दिनअघि कांग्रेसका अर्का नेता डा.मिनेन्द्र रिजालले पनि बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए।

एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेताले पनि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। प्रचण्ड र माधवको कुनै अर्थ छैन यता नभए एमालेसंग मिल्छौ भनेर काँग्रेसलाई दवावमा राखेका हुन, ढुक्क हुनुहोस् एमालेले उनीहरूसँग तालमेल गर्दैन’ ओलीले काँग्रेस नेतालाई भनेको श्रोतले बताएको छ ।

ओली भेट्न जाने काँग्रेस नेताहरूले ओलीलाई ‘तपाईहरू फेरि मिल्नुहुन्छ भनेर शेरबहादुर दाई डराउनु भएको छ ।’ भन्ने गरेको श्रोतले बताएको छ । उता काँग्रेसभित्रै पनि किटकका लागि किचलो चुलिदों छ ।

बुधबार देउवाले दिएको अभिव्यक्ति सिट बाँडफाँडमा काँग्रेसले कम सिट लिएर पनि गठबन्धन जोगाउने खालको रहेको थियो । त्यसैले पनि काँग्रेसको स्ंस्थापन इतर समूह एमाले अध्यक्ष ओलीसँग भेटवार्ता बाक्लो बनाएको बताइन्छ ।