नेकपा एकीकृत समाजवादी परित्याग गरी विभिन्न नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एसका प्रदेश कमिटी सदस्य गणेश बहादुर शाही तथा युवा किसान महासंघका कोषाध्यक्ष जीवन बहादुर शाही लगायतका नेता कार्यकर्ताहरु विहीबार एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एस छोडेर आएका उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

