
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम प्रतिनिधिसभा निर्वाचनका लागि झापाको क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिस भएको छ ।
महामन्त्री शर्माको नाम आज बिहीबार बसेको कांग्रेस क्षेत्रीय समितिको बैठकले सिफारिस गर्ने निर्णय गरेको हो । क्षेत्रीय सभापति इन्द्र बुढाथोकीका अनुसार झापा १ मा प्रतिनिधिसभातर्फ शर्मा बाहेक कसैले पनि उम्मेदवारका लागि निवेदन नदिएकाले सर्वसम्मत शर्माको नाम सिफारिस गर्ने निर्णय भएको हो।
इच्छुकहरूबाट कांग्रेसले मंसिर ४ गते हुने चुनावका लागि आवेदन लिएकोमा शर्माको मात्रै निवेदन परेको हो ।
