एमालेले अबको निर्वाचनमा १५० सिट जित्ने ओलीको दाबी

१५ भाद्र २०७९, बुधबार २०:०१

अगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा १५० सिट जित्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् ।

प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एमालेले १५० सिट जित्ने आज (बुधबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको पार्टीको आमसभालाई सम्बोधन गर्दै ओलीले दाबी गरेका हुन् ।

एमाले सत्ता बाहिर हुँदा पनि एमालेमा प्रवेश गर्ने जनलहर बढेको उल्लेख गर्दै एमालेले जिते मात्र देशले जित्ने ओलीले दाबी छ। ‘गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ त्यसैले एमालेले जित्नुपर्छ । देशलाई जिताउने अभियानमा सबै सरिक हुनुस्,’ ओलीले भने, ‘आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १५० सिट जित्नेछौं र दुनिया चकित पर्नेछ ।’

सत्तारुढ गठबन्धनमा नेताहरु देखिए पनि जनता भने एमालेमै रहेको जिकिर उनको थियो । गठबन्धन सरकार राष्ट्रियताको रक्षा, विकास र समृद्धिका पक्षमा काम गर्न नसकेर शक्ति राष्ट्रसामू निरिह बनेको आरोप ओलीले लगाए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रष्ट रुपमा लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएपनि नेपलको हो भन्न नसकेको र उल्टै यी भू भूभाग समस्याग्रस्त बताउने गरेको समेत ओलीले जनाए ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो । कसरी बोल्नभयो ? म्याउम्याउ म्याउ गर्नुभयो । लिपुलेक,कालापानी फिर्ता देऊ भन्नुपर्दैन ?’ ओलीले भने,