प्रकाश चलचित्रलाई प्रचण्ड र अर्थमन्त्री शर्माले पनि हेर्ने

१५ भाद्र २०७९, बुधबार १४:१३

नेपाली चलचित्र ‘प्रकाश’ लाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री जर्नादन शर्माले पनि हेर्ने भएका छन् ।

उक्त चलचित्र प्रकाशलाई अध्यक्ष प्रचण्डले बुधबार हेर्ने कार्यक्रम तय भएको छ भने अर्थमन्त्री शर्माले उपयुक्त समय मिलाएर फिल्म हेर्ने बताएका छन् ।

‘प्रकाश’ चलचित्र भाद्र १० गते देखि प्रर्दशनमा आएको थियो । ‘प्रकाश’ चलचित्रलाई नेपाली कांग्रेस महामन्त्री गगन थापा र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले हेरेर रुचाएका छन् ।

यस्तै यस चलचित्रमा समाजको यर्थाथतालाई देखाउन खोजिएको छ । चलचित्रमा जुम्लाको गरिब परिवारको विपन्नतामा हुर्केका एक सदस्य ‘प्रकाश’को शिक्षक बन्ने सपना र त्यससँग उनको सपना पूरा गर्न जोडिएका विभिन्न घटनाक्रमलाई प्रस्तुत गर्न खोजिएको छ ।

‘प्रकाश’ चलचित्रमा नायक प्रदिप खड्का र नायिका दिया मास्के लगायका कलाकाहरुको अभिनय रहेको छ । उक्त चलचित्रमा विकास सुवेदीले कथा लेखेका छन् । यस्तै दिनेश राउतले चलचित्रको निर्देशन गरेका हन् ।