आज चोलेन्द्र शम्शेर जबराले बयान दिदै, कस्तो बयान देलान् ?

१५ भाद्र २०७९, बुधबार १२:०६

आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन निलम्बन प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा सिंहदरबार पुगेका छन् ।

पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै महाअभियोगबारे बयान दिन प्रधान्यायाधीश चोले जबरा सिंहदरबारभित्र छिरेका थिए ।संसद सचिवालयका मर्यादापालकहरुले जबरालाई सुरक्षा दिंदै भित्रसम्म पुर्याएका थिए । संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा जबरालाई राखिएको छ ।

सत्तारुढ सांसदहरुले गत फागुन १ गते महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए । निलम्बन प्रधान्यायाधीश जबराको आज बयान लिने भएपछि समितिले पहिले नै प्रमाणहरू संकलन गरेको छ । नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई बुझाइसकेको छ ।