
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा तनहुँ २ बाट चुनाव लड्ने गरी पार्टीमा कांग्रेस नेता प्रदीप पौडेलले आवेदन दिएका छन्।
मंगलबार तनहुँ २ बाट चुनाव लड्न कांग्रेस तनहुँ क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेकोमा पौडेलले आवेदन दिएका हुन्।
जिल्ला सभापति जितप्रकाश आले र केन्द्रीय सदस्य ध्रुव वाग्लेले पनि तनहुँ २ माउम्मेदवार बन्न आवेदन दिएका छन्। कांग्रेसका नेता शंकर भण्डारी २०७४ को चुनावमा तनहुँ २ बाट उम्मेदवार बनेका थिए । तर यो पटकको निर्वाचनमा भने भण्डारीले तनहुँ १ बाट उठ्नका लागि पार्टीमा आवेदन दिएका छन्।
यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल केन्द्रीय सदस्य गोविन्द भट्टराई र संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले पनि क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्दै पार्टीमा आवेदन दर्ता गरेका छन् ।
