निर्वाचन परिचालन बुथ कमिटी गठन गर्ने एमालेको निर्णय

१४ भाद्र २०७९, मंगलवार १०:३४

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि युवा कार्यकर्ता केन्द्रित निर्वाचन परिचालन बुथ कमिटी गठन गर्ने नेकपा एमाले केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ ।

उपमहासचिव पृथ्वी सुब्बा गुरुङले केन्द्रीय कमिटी बैठकका निर्णय जानकारी गराउदै उक्त कमिटीमा खास गरी अनेरास्ववियु, राष्ट्रिय युवा संघ, खेलकुद महासंघ, जिफण्ट, भूपू सैनिक प्रहरी संगठनका युवा रहेको १५ देखि २५ जनासम्मको कमिटी सञ्जाल निर्माण गर्ने बताए । ‘स्थान र सक्रियता हेरी अन्य जनसंगठनका प्रतिनिधिहरूलाई पनि यसमा सामेल गर्ने’, बैठकको निर्णय पनि सुनाए ।

जनसंगठन सञ्चालनको जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई सम्बन्धित भूगोलमै निर्वाचन परिचालनमा र पार्टी केन्द्रले विशेष परिभाषित जिम्मेवारी तोकेका बाहेक विभागीयलाई केन्द्रित हुनुपर्ने बैठकले निर्णय गरको छ ।