७७ जिल्लाका नेता तथा कार्यकर्तालाई प्रचण्डले सम्बोधन गर्ने

१३ भाद्र २०७९, सोमबार ११:५०

आज उपत्यका विशेष प्रदेश समितिको बैठकलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने भएका छन् । काठमाडौंको काठमाडौं ब्याङ्केट पुगेर निर्वाचन लक्षित प्रशिक्षणात्मक बैठकलाई प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।

उपत्यका विशेष बैठकमा दिउँसो १ बजे देशैभरका ७७ जिल्लाबाट काठमाडौैका विविध पेशा व्यवसाय गरेर बसेका नेता कार्यकर्तालाई समेटेर अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका हुन् । १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।