निर्वाचनमा विजय हासिल गर्न ओलीले दिए निर्देशन

१२ भाद्र २०७९, आईतवार १४:४७

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठन गरेको छ ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दिएको जानकारी अनुसार आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले उक्त निर्णय गरेको हो।

३४ सदस्यीय निर्वाचन परिचालन कमिटीको केन्द्रीय सचिवालय उक्त बैठकले गठन गरेएको छ । उक्त सचिवालयको सचिवमा पार्टीका उपमहासचिव विष्णु रिमाल चयन भएका छन् । देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिन र विजय हासिल गर्न बैठकमा अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।