काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पछिल्ला दिनमा गर्दै आएको कार्यप्रति नेकपा एमालेका युवा नेता महेश बस्नेतले असन्तुष्टी जनाएका छन् ।
काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई मेयर बालेनले पछिल्ला दिनमा तीव्रता दिदै आएका छन् । मेयर बालेनले गरेका यस्ता कार्यप्रति असन्तुष्टी जनाउँदै एमाले नेता बस्नेतले सामाजिक सञ्जालबाट शाहलाई तिखो प्रहार गरेका हुन् ।
नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै भन्छन्, ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरे खुसि लाग्यो । तपाँईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ्। मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगर पालिकामा काजमा आउनुहोला । तपाँईलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रो तिर ध्वसं होइन निर्माणको लहर चलेको छ्। यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन्। डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला । अनि २/४ सय फेस बुके फ्यान भए भनेर नमात्तिनु बिगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन खोज्नै पर्ने भाको छ्। गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यस्को बिकाश र प्रोत्साहनमा अहिलेत रमाइलै होला पछि तपाईका बिरोधिले पनि तेही शैली अपनाए भने गार्हो होला।’
फेसबुकमा फ्यान फलोर हुदैमा नमात्तिन पनि मेयर बालेनलाई बस्नेत सुझाव दिदै भनेका छन्, बिगतका यस्ता २४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन खोज्नै पर्ने भाको छ्।
