मैले अफिसबाट नक्सा र डोजर लिएर गए मैले के बिराए: बालेन

९ भाद्र २०७९, बिहीबार १७:०७

अल्फाबिटा कम्प्लेक्सका मालिकले आफूसँग नक्सा मागेपछि अफिस गएर नक्सा र डोजर लगेर एक्सन लिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्छन् ,‘उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए ।अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको संरचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।

अबका दिनमा घर तथा भवन निर्माण गर्दा नक्सा पास गरी नक्सामा भए अनुरुप घर तथा भवनको संरचना निर्माण गर्न पनि मेयर बालेनले आग्रह गरेका छन् ।