ओलीको नेतृत्व विरुद्ध र विद्रोह गर्ने आँट महत्वपुर्ण भयो: झलनाथ खनाल

९ भाद्र २०७९, बिहीबार १५:५४

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको दक्षिणपन्थी अवसरवाद र उनको नेतृत्व विरुद्ध विद्रोह गर्ने आँट गर्नु महत्वपुर्ण रहेको नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले टिप्पणी गरेका छन् ।

ओलीले दक्षिणपन्थी अवसरवादी नीति लिएकाले विद्रोह गरेर पार्टी निर्माण गर्नुपरेको नेता खनालले बिहीबार पार्टी पुनर्गठन दिवस कार्यक्रममा बोल्दै बताएका हुन् ।

नेता खनालले भने, ‘हामीले नेकपा एमालेको ओली गुट दक्षिणपन्थी अवसरवादी नीति कार्यदिशा विचार विरुद्ध विद्रोह गरेको एक वर्ष भएको छ । ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्दै गयो । त्यसैले विद्रोह गर्नुपर्‍यो’।

नेकपा एमालेबाट अहिले पनि थुप्रै नेता तथा कार्यकर्ताहरु विद्रोह गरेर आउने क्रम जारी रहेको आफ्नो पार्टीले समाजवादी क्रान्ति र रुपान्तरणलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने नेता खनालले बताए । वैचारिक राजनीतिक, सैद्धान्तिक, दार्शनिक र सांगठनिक रुपले दक्षिणपन्थी अवसरवादको खण्डन गर्नसक्नुपर्ने पनि उनले बताए ।