प्रदेश अध्यक्ष विक्रम शाहीद्धारा नेकपा एस पार्टी परित्याग

९ भाद्र २०७९, बिहीबार १३:२२

सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाहीले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका छन्। एक वर्षअघि आफू पार्टी विभाजनतर्फ लागे पनि अहिले पुछतो र आत्मग्लानी भएको प्रदेश अध्यक्ष शाहीले बिहीबार फेसबुकमार्फत उल्लेख गरेका हुन्।

शाहीले सामाजिक सञ्जाल फेसबुकमा लख्दै भनेका छन् ‘२०५४ सालमा बामदेबले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी बिभाजन गराए र थुप्रै मान्छे हरु हौसिदै उनका पछि लागे ।गत बर्स पनि पुनर्गठनका नाममा माधब नेपालको नेतृत्वमा पार्टी बिभाजन भयो त्यस्को पछि लाग्ने मा म पनि थिये। पार्टी बिभाजन ले काग्रेस लगायत पश्चिमा पुजीवादी हरु को नै फाइदा पुर्‍यायो । त्यस बाफत पछुतो र आत्मागलानी भएको छ। बिगत ५६ महिना देखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मिति देखि म कुनै दल सङ्ग आवद्ध नरहेको घोषणा गर्दछु।’