मेयर बालेन भन्छन्, अवैध रूपमा बनाइएको संरचनाको क्षतिपूर्ति दिइदैन

८ भाद्र २०७९, बुधबार १४:५४

काठमाडौं महानगरभित्र बनेका सबै अनधिकृत संरचना हटाइने  मेयर बालेन्द्र साह (बालेन)ले बताएका छन् ।

उनले नक्सा पास नगरी बनाइएका अनधिकृत संरचनाहरूलाई हटाइने र सबैलाई समान कानुन लाग्ने बताएका छन्। नक्सा पास नगरी बनाएको पाइए काठमाडौं जिल्ला अदालतका संरचनासमेत भत्काउने बुधबार न्यूरोडस्थित आरबी कम्प्लेक्समा बनेको अनधिकृत संरचना हटाउन पुगेका मेयर शाहले बताए ।

मेयर शाहले महानगरको कदमले आफूहरू मारमा परेका बताउने व्यापारीको गुनासोको जवाफ दिदै सबैलाई समान रूपमा कानुन लाग्ने बताएका छन्। अवैध रूपमा बनाइएको संरचनामा डोजर चलाएको र अवैध रूपमा बनाइएको संरचनाको क्षतिपूर्ति नदिइने मेयर साहले बताए । यस्तै उनले गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोषी हुने भन्दै क्षतिपूर्ति माग गर्ने साना व्यवसायीलाई बताए ।