नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । ओली सचिवालयका अनुसार प्रधानमन्त्रीले भेट्न बोलाएपछि बालुवाटार प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष ओली गएको बताइएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटेका हुन् ।
देउवा र ओलीको भेटमा संक्रमणकालीन न्याय, नागरिकता विधेयक र मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयबारे छलफल भएको स्रोतले जनाएको छ ।
