महाअभियोग प्रस्ताव किन र के कारणले ढिलो गरियो: विष्णु पौडेल

८ भाद्र २०७९, बुधबार ११:१७

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव किन र के कारणले ढिलो गरियो भनेर प्रश्न उठाएका छन् ।

उपाध्यक्ष पौडेलले महाअभियोग प्रस्ताव दर्ता भएको ६ महिनासम्म पनि  छलफलको विषय नबनाउनुको कारण  नेपाली जनताले जान्न चाहेको र स्वयम् आफूले पनि जान्न चाहेको भन्दै आन्तरिक कार्यविधि पारित गर्न मंगलबार बोलाइएको महाअभियोग सिफारिस समितिको बैठकमा प्रश्न उठाएका थिए ।

महाअभियोग प्रस्ताव दर्ता भएपछि सदन नचलेको भए १५ दिनभित्र बोलाउनुपर्ने र चलेको भए तीन दिनभित्र दर्ता गराउनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लंघन भएको उल्लेख गर्दै पौडेलले भने, ‘सदन चलिरहेकै अवस्थामा ६ महिनासम्म छलफलमा नल्याउनु सिरियस विषय हो । किन छलफलमा ल्याइएन, म यसको जवाफ चाहन्छु । के कारण, किन हो प्रश्नको नपाइकन समितिले जवाफदेही हिसाबले काम गर्न सक्दैन ।’

महाअभियोग प्रस्ताव किन र के का लागि के उद्देश्यले ढिलो गरियो सम्बन्धीत अधिकारीहरुले जवाफ दिनुपर्ने उपाध्यक्ष पौडेलले बताएका छन् ।