आईफोन प्रयोगकर्ताहरूलाई खुसीको खबर

७ भाद्र २०७९, मंगलवार १५:१०

सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित अनलाइन मेरो सेयर एप अब आईओएस भर्सनमा पनि चल्ने भएको छ ।

कम्पनीले हालैमात्र आफ्नो सुविधालाई थप विविधीकरण गर्दै आईओएस भर्सनमा अपडेट गरेको हो । योसँगै अब आई–फोन प्रयोगकर्ताहरूले पनि सजिलै मेरो सेयर एप डाउन लोड गरी चलाउन सक्ने भएका छन् ।

यसअघि यस्तो सुविधा एन्ड्रोइड फोनमा मात्र उपलब्ध रहेको थियो ।