दर्जनौ नेता तथा कार्यकताहरु एमालेमा प्रवेश (तस्वीर सहित)

७ भाद्र २०७९, मंगलवार १४:१४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न पार्टी परित्याग गरी आएका दर्जनौ नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका छन् ।

अध्यक्ष ओलीले सोमबार पार्टी कार्यलय च्याल्स ललितपुरमा विभिन्न पार्टी परित्याग गरी आएका दर्जनौ नेता तथा कार्यकर्तालाई अविर, माला र खादा उडाएर एमालेमा प्रवेश गराएका हुन् । एमाले प्रवेश गर्नेहरु नेपाल समाजवदी पार्टीबाट पुर्व मन्त्री दान बहादुर चौधरी, माओवादी केन्द्रीय सदस्य अमानसिंह तामाङ लगायतका नेता तथा कर्याकर्ताहरु एमालेमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमका तस्वीरहरु सामाजिक सञ्जालबाट साभार