मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्देशन दिएका छन् ।
मुख्यमन्त्री राउतको पार्टीभित्रैबाट आलोचना बढेको भन्दै अध्यक्ष यादवले उनलाई राजीनामा राजीनामा दिन निर्देशन दिएका हुन् । केही प्रदेश सांसदले मुख्यमन्त्री राउतको हालै बसेको जसपा कार्यकारिणी समितिको बैठकमा राजीनामा मागेका थिए ।
प्रदेश सांसदले मुख्यमन्त्री राउत राजीनामा मागेका बेला राजीनामाको मागबारे मौन रहेका अध्यक्ष यादवले अहिले भने राउतलाई राजीनामा दिन निर्देशन दिएको बताइएको छ ।
मुख्यमन्त्री राउतले बेटी बचाऊ बेटी पढाऊु अभियानमा साइकल खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै उनको चर्को आलोचना भएको थियो ।
