
निर्वाचनको मौन अवधि घटाउन नेकपा एमालेले प्रस्ताव गरेको छ । एमालेले निर्वाचनको मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा बनाउन निर्वाचन आयोगले दलहरुसँग गरेको छलफलमा प्रस्ताव गरेको प्रचार विभाग सचिव गगन बिष्टले जानकारी दिए ।
एमालेले उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि २५ भन्दा बढी जुलुस लान नपाउने व्यवस्था हटाउन पनि माग गर्दैआयोगलाई १३ बुँदे सुझाव बुझाएको छ ।
यस्तै एमालेले आचार संहितामा मुख्य प्रचारकको संख्या तोक्नु नहुने तर मुख्य प्रचारक को-को हुने भन्ने जानकारी निर्वाचन आयोगलाई हुनुपर्ने व्यवस्था गर्न माग गरेको छ ।
