
चुनावी गठबन्धनका लागि विभिन्न राजनीतिक दललाई जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले प्रस्ताव गरेका थिए ।
उक्त पार्टीका अनुसार कतिपय दलले सो पत्रको प्रतिकृया दिएका छैनन्। गठबन्धनका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीलाई जनता प्रगतिशिल पार्टीले चुनावी पत्र पठाएको थियो । त्यसमध्ये जनमत र तमलोपाले प्रतिकृया दिए पनि जसपा र लोसपाले कुनै प्रतिकृया दिएका छैन ।
जसपा र लोसपाले पत्रको प्रतिकृया नदिएको जनता प्रगतिशिल पार्टीका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवले बताएका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पाँचद लीय गठबन्धनमा भएकाले र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पाँच दलीय गठबन्धनमा जाने प्रयासमा भएकाले ती पार्टीले कुनै प्रतिकृया नदिएको हुन सक्ने जनता प्रगतिशील पार्टीको भनाइ छ ।
