नेकपा एस र माओवादी केन्द्रले चुनावमा एउटै घोषणापत्र बनाउने, निर्वाचनपछि मात्रै पार्टी एकता हुने

६ भाद्र २०७९, सोमबार १४:५३

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले मंसिर ४ मा हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने भएका छन् ।

दुई पार्टी एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने सोमबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भएको छलफलमा सहमत भएका हुन्।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा हुने भएको छ। दुई पार्टीबीच एकता भने निर्वाचनपछि मात्रै हुने भएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एउटै घोषणापत्र लिएर चुनावमा जाने सहमति जुटेको प्रतिक्रिया दिएका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी र नेकपा समाजवादी एउटै घोषणापत्र बनाएर निर्वाचनमा जाने सहमति भएको बताए ।

चुनावअघि पार्टी एकता नहुने तर अरु विषय मिलाउँदै जान सहमत भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिक्रिया दिए ।