केपी ओलीले गराए विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश

६ भाद्र २०७९, सोमबार १३:२८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

अध्यक्ष ओलीले उनीहरुलाई आफ्नै निवास बालकोटमा पार्टी प्रवेश गराएका हुन्। नेकपा माओवादी केन्द्रका मधेस प्रदेश सचिवालय सदस्य प्रदिप पटेल, राजपुर नगरपालिकामा जसपाबाट मेयर पदका प्रत्याशी मो. जैद राजा, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य नागेन्द्र शाह लगायतका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।