अन्डरग्राउण्ड पार्किङमा राखिएको पसल काठमाडौं महानगरले हटाउन सुरू, हटाउनुको कारण यस्तो

६ भाद्र २०७९, सोमबार ११:४७

महानगर क्षेत्रमा पर्ने अन्डरग्राउण्ड पार्किङमा राखिएको पसल एवं अन्य संरचना काठमाडौं महानगरपालिकाले हटाउन सुरू गरेको छ ।

बानेश्वर क्षेत्रमा नगर प्रहरीलाई ट्राफिक प्रहरीको सहयोगमा त्यस्ता पसलहरू हटाउन महानगरले निर्देशन दिएको छ। अण्डरग्राउण्ड पार्किङका पसल तथा अन्य संरचना हटाउने क्रममा बानेश्वर प्लाजाको अण्डरग्राउण्ड पार्किङका पसल खाली गराइएको छ ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो । ३५ दिने म्याद सकिएसँगै महानगर आजदेखि स्थलगतरूपमा कारबाहीमा उत्रिएको हो ।

अन्डरग्राउण्ड पार्किङमा राखिएको व्यापार हटाउन साउन तेस्रो साता मेयर बालेन्द्र साह निर्देशन दिएका थिए । महानगरका अनुसार आज अवलोकन गरी कुनै संरचना हटाउन अटेर गरेको पाइए तत्काल कारबाही थालिको छ ।