अध्यक्ष प्रचण्डले कुन नेतालाई के जिम्मेवारी दिए ?

५ भाद्र २०७९, आईतवार ०८:०३

नेकपा (माओवादी केन्द्र) को महासचिवमा नेता देव गुरुङलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चयन गरेका छन् ।

महासचिव आकांक्षीद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्माबीच सहमति जुट्न नसकेपछि शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकमा गुरुङलाई महासचिवको जिम्मेवारी दिने निष्कर्षमा प्रचण्ड पुगेका हुन् । गुरुङलाई महासचिवको जिम्मेवारी दिने चाहना प्रचण्डको मात्रै नभएर स्थायी कमिटीले तय गरेको पछिल्लो मापदण्डका कारण गुरुङ महासचिव बनेका हुन् ।

गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् ।
यस्तै नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष भएका छन्। यस्तै दिनानाथ शर्मा, गणेश साह,चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।