के पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता देला त आज बस्ने माओवादी केन्द्रको बैठकले ?

४ भाद्र २०७९, शनिबार ०७:२३

आज दिउँसो १ बजे नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्ने भएको छ।

पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिन आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बस्ने भएको हो।
शुक्रबारको बैठक पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको भए पनि निष्कर्षबिहीन भएको थियो।

पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पूर्णता दिन सकेको थिएन।

पदाधिकारीको विषयमा गम्भीर छलफल भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्। यस्तै हिजो टुंगो नलागेको विषयलाई उनले आजको बैठकले टुंग्याउने बताए।