आफ्नै पत्नीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका यी युवा को हुन् त ?

३ भाद्र २०७९, शुक्रबार १३:१३

आफ्नै पत्नीलाई बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।

मकवानपुरको थाहा नगरपालिका–७ घर भई बानेश्वर बस्ने दिनेश कार्कीले आफ्नै पत्नीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
उनकै पत्नीले जबर्जस्ती करणी गरेको जाहेरी २५ वर्षीय कार्की विरुद्ध दिएकी थिइन् ।

कार्कीकाी पत्नीले बागबजारमा आफुलाई बलात्कार गरेको आरोप लगाइकी छन्। जिल्ला अदालत काठमाडौंले कार्कीलाई पक्राउ गर्न साउन १७ मा पक्राउ अनुमति दिएको थियो । उनलाई अनामनगरबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।