यस्तो छ बाबुराम भट्टराई र प्रचण्ड सहकार्य गर्नुको कारण

३ भाद्र २०७९, शुक्रबार ११:५८

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गर्नुको कारण बताएका छन् ।

अध्यक्ष भट्टराईले पत्रकार ऋषि धमलासँग विहीबार एक अन्र्तवार्तामा भने नेपालका राजनिति आन्दोलन मध्ये सबै भन्दा पछिल्लो आन्दोलन र ठुलो आन्दोलन माओवादी जनयुद्ध भएको र संघीय लोक्तान्त्रिक गणतन्त्र साथै रान्यको पुर्नसंरचना लगायतका मुद्दाहरु माओवादी जनयुद्धले अगाडि बढाएको कारण प्रचण्डसंग सहकार्य गरेको जानकारी गराए ।

माओवादी छोडेर कांग्रेसमा गयो भन्ने कुरा गल्त भएको उल्ले गर्दै उनले भने मैले सुरुदेखि नै २०७० सालमा तत्कालीन नेपाल साप्ताहिकमा नयाँ शक्तिको आवश्यकता भनेर जुन अग्रही लेख लेखेको छु अहिले पनि हेर्नुस् त्यति बेला नेपालमा संविधान सभाबाट संविधान जारी हुदै थियो । त्यो भैसकेपछि नेपाललाई नयाँ युगमा परिनत गर्छ । त्यसकोे निम्ति कि त अहिले भएको राजनितिक शक्तिहरुले आफुहरुलाई नयाँ युगको आवश्यकता अनुसार रुपान्तर बदल्नुपर्छ कि त नयाँ शक्ति आवश्यक हुन्छ मैले भनेको थिए ।

त्यही क्रममा नै संविधान जारी भएपछि २०७२ साल पछि कि त राजनितिक दलहरु रुपान्तर भएर जानु पर्‍यो नत्र आवश्यक पर्छ भनेर मैले माओवादी पार्टी भित्र बहसको कुरा राखे, त्यहाँ साथीहरुले कुरा त ठिक हो तर यो बेला भएको छैन भन्ने कुराहरु गर्नु भो त्यसो हो भनि ठिक छ तपाईहरु यही बाटोबाट लाग्नुस् म अर्काे बाटोबाट लाग्छु भनेर हामी अल्ग भयौं । र अहिलेको ६ वर्ष अनुभवले के देखायो भने मैले नयाँ ढंगले अगाडि बढ्छु भन्ने आन्दलनमा पनि सोचे ढंगले त्यो अगाडि बढ्न र माओवादीले पनि एमालेसंग एकता गरेर अलि ठुलो पार्टी बनाउछु भन्ने जुन विकल्प रोज्यो त्यो पनि त्यति सफल भएन त्यसतो अवस्थामा हामी आहिले कहाँ निष्कर्षमा पुग्यौ भने फेरी पनि यो आन्दोलनको जग भनेको त माओवादी आन्दोलन नै हो ।

त्यसलाई अब समय अनुकुल विकसित र परिमार्जन गरेर लैजानुपर्छ नयाँँ बाट सुरु गर्छु भन्ने विकल्प पनि प्रभाकारी नदेखिएको र अरु कुरामा दलहरुसंग मिसिएर जाने भन्ने कुराको विकल्प पनि प्रभावकारी नभएकाले प्रचण्डसंग सहकार्य गरेको बताए ।