
नेकपा (माओवादी केन्द्र)सँग माधव नेपाल नेतृत्व पार्टी नेकपा (एकीकृत समाजवादी पार्टीले एकता प्रक्रिया अघि बढाउने भएको छ ।
पार्टीका महासचिव डा वेदुराम भुसालका अनुसार, सो पार्टीको आज बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको छ ।
बैठकले एकता संयोजनका लागि समिति बनाउने र थप निर्णय गर्दै जाने सहमति भएको बताएको छ ।
माओवादी केन्द्रले एकताका लागि यसअघि नै निर्णय गरिसकेको थियो । नेकपा एकीकृत समाजवादीले गत भदौ ९ गते एमालेबाट विभाजन भई दर्ता भएको उक्त दिन स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ साथै आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको मापदण्डबारे पनि बैठकमा छलफल भएको छ ।
