५० हजार कित्ता सेयर बिक्री खुला गर्दै प्रभु बैंकले

२ भाद्र २०७९, बिहीबार ११:५८

यही १० भदौदेखि प्रभु बैंकले संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । सेयरको न्यूनतम भाउ १४० रुपैयाँ बैंकले प्रतिकित्ता तोकेको छ ।

लगानीकर्ताले १४० रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाहरूले १७ भदौसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैक लिमिटेड नक्साल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।