सिंहदरबारमा आजदेखि ग्यास सिलिन्डर हटाइयो

१ भाद्र २०७९, बुधबार १३:३५

आजदेखि एलपीजी ग्यास देशको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा हटाइएको छ ।

सिंहदरबारको ग्यास चुलो हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०७८७९ को बजेट वक्तव्यमार्फत घोषणा गरेको थियो ।

अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले जानकारी दिए अनुसार, आज भदौ १ गतेदेखि विद्युतीय चुलो प्रयोगमा ल्याइएको छ।
सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले बुधबार बिहानदेखि चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ ।