
नेता हेमराज राई आज जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् ।
गत साउन १ गते जसपाबाट राजीनामा दिएका नेता राई आज एमालें प्रवेश गर्ने भएका हुन् । जसपा विभाजन भएपछि राई एमाले प्रवेश गर्ने तयारी गरेको एक नेताले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी भइरहेको छ ।
नेता राईले विगतमा अशोक राईसँगै एमाले परित्याग गरेका थिए । उनले गत साउन १ गते जसपाबाट राजीनामा पुनः एमालेमै फर्कन लागेका हुन् ।
