माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्डलाई धरानका मेयर साम्पाङले भेट

३१ श्रावण २०७९, मंगलवार १८:१६

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले भेटघाट गरेका छन् ।

प्रचण्ड निवास खुमलटारमा धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघासँगै मेयर साम्पाङ राई पनि पुगेका हुन् ।बेघा नेकपा माओवादीबाट धरान उपमहागनरपालिकाको उपमेयरमा निर्वाचित भएका हुन् । मेयर साङपाङ राईले केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा सरिक हुन निमन्त्रणा गरेका थिए ।