
नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ ।
मंगलबार बसेको गठबन्धनको बैठकले राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाएका थिए। बैठकले दुबै संसदले पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको एक नेताले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित गर्न अस्वीकार गर्दै संसदमा फिर्ता पठाएकि थिइन्। राष्ट्रपति र्कायलयका प्रवक्ता सागर आचार्यले आइतबार साँझा विज्ञप्तिमार्फत संसदले पारित गरेको विधेयक पुनर्विचार गर्न आवश्यक देखिएको भन्दै राष्ट्रपतिबाट संसदमै फिर्ता पठाउने निर्णय गरेको जानकारी दिएका थिए।
यस्तै राष्ट्रपति भण्डारीले विधेयकमा महिलाको समान हक र देशको भौगोलिक परिस्थितिलाई संसदले एक पटक पुनर्विचार गर्दा राम्रो हुने सन्देशसहित विधेयक संसदमा फिर्ता पठाएकि थिइन्।।
