नेता डम्बर खतिवडाले किन डा.बाबुराम भट्टराईको साथ छोडे ?

३१ श्रावण २०७९, मंगलवार ११:०४

नेता डम्बर खतिवडाले सामाजिक सञ्जालमा लेख्दै नेपाल समाजवादी पार्टी छोडेको घोषणा गरेका छन् ।

नेता खतिवडाले सामाजिक सञ्जालमा लेख्दै आफू नेपाल समाजवादी पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन् । उनले जसपा रनेसपा लफडाबाट मुक्त भएको पनि घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता खतिवडाले नेसपा र माओवादी एउटै चुनाव चिह्नबाट लड्ने भएपछि आफूले उक्त निर्णय गरेको बताउँदै उनले लेखेका छन्, ‘करिब ८ वर्षको सहकार्यका लागि डा.बाबुराम भट्टराई र साथै करिब ३ वर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरूको टिमप्रति आभारी छु । आजबाट जसपा र नेसपा लफडाबाट पूर्णतः मुक्त छु। नेसपा माओवादी एउटै चिन्ह हँसिया हथौडाबाट चुनाव लड्ने निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिन। धन्यवाद।’