
नागरिकता विधेयकमा खुकुलो प्रावधान राखेर देशलाई कमजोर पार्ने प्रपञ्च गरिएको नेकपा एमालेका नेता भीम रावलले बताएका छन् ।
नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएर राष्ट्रपतिले राष्ट्र हितमा काम गरेको र देशलाई कमजोर पार्ने उदेश्यबाट रोकेको उनले भनाइ छ। ‘खुकुलो नागरिकताले नेपाल कमजोर पार्ने प्रपञ्च भएको, नेपालीले सहजै नागरिकता पाउने र विदेशीले नपाउने नीति देश हितमा छ,’ ‘नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश संविधानको धारा ११३ (३) र राष्ट्रिय हित अनुरूप छ । देश हित रक्षामा संविधानसम्मत पाइला चाल्नु उहाँको कर्तव्य हो ।’ सोमबार सामाजिक सञ्जालमा लेख्दै नेता रावलले भनेका छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी आइतबार प्रतिनिधि सभामा फिर्ता पठाएपछि नेता रावलले यस्तो प्रतिक्रिया दिएका हुन् । राष्ट्रपति भण्डारीले विधेयकमा महिलाको समान हक र देशको भौगोलिक परिस्थितिलाई संसदले एक पटक पुनर्विचार गर्दा राम्रो हुने सन्देश पठाएकी थिइन्।
