
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् ।
उनले स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि बहुमत ल्याउने अनेरास्ववियुले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको कारण उमेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएको बताएका छन् । तर, अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले त्यस्तो गल्ती नगर्ने उनको भनाइ छ ।
एमालेले अब जित्ने र टिक्नेहरूलाई मात्रै निर्वाचनमा उमेदवार बनाउने उनले बताएका छन् । आउने निर्वाचनमा नेकपा (एमाले)ले बहुमतका साथ प्रतिनिधिसभामा पनि आफ्नो प्रतिनिधित्व गर्छ। तपाईंहरूको मनमा प्रश्न उठन सक्छ– हिजो स्थानीय तह निर्वाचनमा त भएन नि ? स्थानीय तह निर्वाचनमा हामीले जनताको सर्वाधिक लोकप्रिय मत प्राप्त गर्यौँ ।
स्थानीय तह निर्वाचनमा उमेदवारी दिने सन्दर्भमा व्यवस्थापकीय कमजोरी भएकाले हामीले सोचेजस्तो परिणाम ल्याउन नसकेको हो । अब हामी आउने चुनावमा समयमै उमेदवारी दिन्छौँ । जित्नेलाई उठाउँछौँ, टिक्नेलाई उठाउँछौँ, उनले भने ।
स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको कारण उमेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएको बताउदै, आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले जित्ने र टिक्नेहरुलाई मात्रै उम्मेदवार बनाउने उनले बताए ।
