
मानव आश्रममा पुगेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले जन्म दिन मनाएकी छिन् ।
अध्यक्ष ओली पत्नी नागार्जुनमा रहेको मानव आश्रममा ओलीसँगै पुगेर असहायलाई भोजन र दक्षिणा दिएर शाक्यले जन्मदिन मनाएकी हुन् । उक्त अवसरमा शाक्यले ५२ हजार नगदसमेत सहयोग गरेकी छिन ।
नागार्जुन नगरपालिका उपप्रमुख अनिता लामाको पनि उक्त मानव आश्रमको संरक्षणमा रहेका बालबालिकालगायतलाई भोजन खुवाउने कार्यक्रममा उपस्थिति रहेको थियो ।

