नेसपाले प्रदेश भेलालाई तीव्रता दिदै

३० श्रावण २०७९, सोमबार ०८:१३

नेपाल समाजवादी पार्टीले प्रदेश भेलालाई तीव्रता दिनेक्रममा आज (मंगलबार) सुदुरपश्चिम प्रदेशमा प्रदेश भेला तथा पुनर्गठन कार्यक्रमको आयोजना गरेको छ ।

प्रदेश इन्चार्ज डा जनक शाहले प्रदेश भेला तथा पुनर्गठन कार्यक्रम मंगलबार बिहान १० बजेदेखि सुरु हुने जानकारी दिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश अन्तरगत राजनीतिक कार्यक्षेत्र भएका वैकल्पिक विचारधारा बोक्ने सम्पुर्ण नेताकार्यकर्ता तथा समर्थक शुभचिन्तकहरुलाई धनगढी उपमहानगरपालिका ५ हसनपुर स्थित होटल विकासको सभा हलमा प्रवेश दिइने छ ।

नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गरेर नेसपाले आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा चुनाव लड्ने तयारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आइतबार भएको भेटवार्तामा एउटै चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति भएको थियो ।