
नेकपा समाजवादी केन्द्रका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ ।
माओवादीका अध्यक्ष प्रचण्ड निवास आइतबार बिहान करिब ७ बजे खुमलटार पुगेका डा.भट्टराईबीच करिब एक घण्टा छलफल भएको थियो ।
निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर चुनाव लड्ने आजको छलफलपछि दुई नेताबीच सहमति भएको हो ।
निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति भएपनि सहमतिलाई औपचारिक रुप दिन भने बाँकी रहेको छ । त्यस्तै, दुई पार्टीले एउटै घोषणापत्र लिएर चुनावमा जाने पनि सहमति भएको छ । ‘मौखिक सहमति भएको छ । अब यसलाई हस्ताक्षर गरेर औपचारिक रुप दिन बाँकी छ,’ स्रोतले रातोपाटीलाई बतायो, ‘चाँडै यसलाई औपचारिकता दिइनेछ ।’
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा दुई पार्टीबीच सहकार्यका लागि निरन्तर छलफल र संवाद भैरहेको थियो । यसअघि समाजवादी केन्द्र बनाएर अघि बढ्ने पहल गरे पनि डा.भट्टराईले त्यो भने सम्भव हुन सकेको थिएन।
